Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ५
 गते ।

जबर्जस्ती करणीको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजले दायर गरेको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

अहिराजले जिल्लाको थुनामा पठाउने आदेशलाई सदर गर्ने उच्च अदालत पाटनको फैसलाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएका हुन्। सोही निवेदनमा न्यायाधीश कुरमा रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा शुक्रबारका लागि पेसी तोकिएको हो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माले साउन १४ गते अहिराजलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए।
भदौ १२ गते उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले उक्त आदेशलाई यथावत् राखेको थियो।

उक्त आदेश बदर गर्न माग गर्दै अहिराज कात्तिक २३ गते सर्वोच्च अदालत पुगेका हुन्। उनीमाथि एक नाबालिकालाई करणी गरेको आरोप लागेको छ।
उजुरी परेपछि फरार बनेका अहिराजलाई पछि प्रहरीले पक्राउ गरी हाल डिल्लीबजार कारागारमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *