Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते ।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेकी छन्। दर्ता गर्ने म्याद अब ९ दिन मात्र बाँकी रहेको उल्लेख गर्दै उनले सबैलाई समयमा नै दर्ता प्रक्रिया पूरा गर्न आह्वान गरेकी हुन्।

आज एक्स अकाउन्टमार्फत उनले लेखेकी छन्, “तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी।

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्ने कार्यतालिका तय गरेको छ। समय सीमा नबित्दै दर्ता गर्न आयोगले नागरिकलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *