Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १३ गते ।

महोत्तरीको औरही नगरपालिका ४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बुधबार अपराहन्न मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ ।

स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा राति नै महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए । सन्ध्या सकुशल छिन् । उनका अनुसार कालो ज्याकेट लगाएको मान्छेले चलाएको मोटरसाइकलले ठक्कर दिएर भागेका हुन् । ठक्कर दिने मोटरसाइकल र चालकको खोजतालास भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकको खोजी गरी कारबाहीको माग गर्दै स्थानीयले आज कटुधारमा आज बिहान ११ बजेदेखि हाुलाकी राजामार्ग अबरुद्ध गरेका छन् । इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र प्रहरीबीच भएको वार्तामा दुईदिन भित्र दोषी पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउने सर्तमा सडक अबरुद्ध खोल्न तयार भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *