Samajik Feed – News Portal from Nepal


सामाजिक फीड

जनकपुरधाम, कार्तिक ९ गते ।

हिन्दुहरुको महान चाड तिहार तथा छठ पर्वको उपलक्ष्य धनुषाको बटेश्वर गाउँपालिमा शनिबार रगत परीक्षण, रगत दान र गाउँको विभिन्न पक्षबारे मन्थन सम्पन्न भएको छ । बटेश्वर युवा सञ्जालको आयोजना ब्लड फर नेपालको सहकार्य तथा रेडक्रस नेपाल जनकपुरको सहयोगमा भएको रक्तदान कार्यक्रममा ४८जना जनाले रक्तदान गरेका छन् ।

यस्तै ७५ जनाको रगत समूह परीक्षण गरिएको छ । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

तीनवटा संसकरणमा गाउँपालिकामा लोकसेवामा वटेश्वरका युवाका अवसर, चुनौती र सम्भावना, कृषिको अवस्था, शिक्षाको अवस्थाको बारेमा सामूहिक छलफल भएको थियो ।

पहिलो संस्करणमा लोकसेवामा वटेश्वरका युवाका अवसर, चुनौती र सम्भावना विषयमा सहजकर्ताको रूपमा शिक्षक दीपेन्द्र सिंहले संचालन गरेका थिए । जसमा वक्ताको रुपमा नेपाल सरकारका सहसचिव रामप्रकाश महतो, अधिकृत यमन सुन्दर श्रेष्ठ र खरिदार सुरेश साह रहेका थिए ।

दोस्रो संस्करणमा बटेश्वरको शिक्षाको अवस्था र चुनौती विषयमा केन्द्रित छलफल सहजकर्ता हरिनारायण दासले संचालन गरेका थिए । जसमा वक्ताहरुको रुपमा जनता मावि गौरीडाडाका प्रधानाध्यापक रामसकल महतो, बटेश्वर गाउँपालिकाका शिक्षा अधिकृत राम लाल महतो, समाजसेवी प्रकाश निरौला, देवकी नमुना विद्यालयकी प्रअ लक्ष्मी महतो सहभागी थिइन् ।

तेस्रो संस्करणमा वटेश्वरमा किसानको चुनौती , अवसर र आर्थिक सम्भाना सहजकर्ता उदय ठाकुर ( कृषि इञ्जिनियर )ले संचालन गरेका थिए । जसमा वक्ताहरुको रुपमा वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका माछापालक कृषक शिव करण यादव, रेखा कुमारी महतो ( कृषक तथा महिला नेतृ) , गणेश साह (कृषि फर्म सञ्चालक तथा समाजसेवी) , सत्रुधन महतो (कृषि विद्यार्थी), थिए ।

यी तीनै संसकरणमा बटेश्वरमा वर्तमान अवस्था, अवसर र चुनौतीको बारे गहण बहस भएको थियो ।
यस्तै पाँच जना वक्ताहरुले गाउँको संस्कृति, गाउँपालिकाको कामकारबाही, शिक्षा, विकास माथि आफ्ना धारणा राखेका थिए । स्थानीय समेत रहेका पत्रकार शैलेन्द्र महतो क्रान्तिले गाउँपालिका कार्यालयको दुई कार्यकालको समिक्षात्मक धारणा राखेका थिए । यस्तै संचारकर्मीसमेत रहेका फुलगेन मगहीले गाउँपालिकामा संस्कृतिको अवस्थाका बारे, युवा नेता अजय कुमार राउतले बटेश्वरको विकासको अवस्था र आफन्त नेपालका प्रतिनिधि विष्णु यादवले आफन्त नेपालले बटेश्वर गाउँपालिकाको सामुदायिक विद्यालयमा गरेको योगदानको बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको संचालन युवा संजालका प्रतिनिधि जयकृष्ण महतोले गरेका थिए ।

सरोज महतो संयोजक रहेको बटेश्वर युवा संजाल विगत सातवर्षदेखि तिहार तथा छठपर्वको अवसर पारेर रक्तदान, गाउँको विभिन्न विषयबारे मन्थन लगायतको कार्यक्रम आयोजन गर्दै आएको छ । यस कार्यक्रममा स्वस्फूर्त रुपमा विभिन्न क्षेत्रमा रहेका सचेत युवा तथा नागरिक समाजहरुको सक्रिय उपस्थित रहने गरेको छ । कार्यक्रम सफल बनाउन भोलेन्टेयिरको रुपमा भर्खरका युवाहरुको महत्वपूर्ण योगदान रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *