Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ७ गते ।

भारतको हैदराबादबाट बेंगलुरु गइरहेको एक यात्रुबाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ।

दुर्घटना शुक्रबार बिहान कर्नूल जिल्लाको टेकरू नजिक भएको हो।
बसमा ४२ जना यात्रु सवार थिए।

बीबीसी तेलुगूका अनुसार बस सुरुमा मोटरसाइकलसँग ठोक्किएर त्यसपछि तेल ट्यांकरसँग ठोक्किँदा ठूलो आगलागी भएको हो।

स्थानीय प्रहरी र उद्धार टोलीले घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याएको जनाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *