Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २ गते ।

सप्तरीमा गोली प्रहार गरी एकजना मन्दिरका पुजारीको हत्या गरिएको छ । शनिबार राति अज्ञात समुहले बोदेबर्साईन नगरपालिका– ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको हो ।

अज्ञात समुहले प्रहार गरेको गोली लागेर स्थानीय पुजारी ७० वर्षीय रामदुलार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुट्टीमा एकलै बस्दै आएका पुजारी साह राति करिब २ः१५ बजे कुट्टी अगाडि रहेको बाटोमा पिसाब गरिरहेको समय अज्ञात व्यक्तिले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए ।

साहको ढाडको पछाडीबाट गोली हान्दा नाईटोको साईडमा एउटा प्वाल भई घटनास्थलमै मृत्यु भएको उनले बताए ।
घटनास्थलमा दुई थान खोका समेत फेला परेको छ ।

प्रहरीका अनुसार गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र पहिचान समेत नखुलेकाले खोजी कार्य भइरहेको छ । घटनास्थलबाट भारतको सिमानाका नजिक रहेकाले त्यसक्षेत्रमा चेकजाँचमा कडा पारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *