Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २६
 गते ।

अफगानिस्तान सीमामा तालिबानले पाकिस्तानी पोस्टहरूमा आक्रमण गरेको छ ।
यस हप्ता काबुलमा पाकिस्तानी हवाई हमलापछि शनिबार राति पाकिस्तान दुवै देशका सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणसँगै दुई पक्षबिच गोली हानाहान भएको हो।
अफगानिस्तानबाट भएको ‘अप्रत्याशित गोलाबारी’को ‘पूर्ण शक्ति’का साथ जवाफ दिइरहेको पाकिस्तानी सुरक्षा अधिकारीहरूले बताएका छन्। सीमाका छ भन्दा बढी स्थानमा गोली हानाहान भएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन । तालिबान सेनाले भने तीन पाकिस्तानी सीमा चौकीहरू कब्जा गरेको दाबी गरेको छ। पाकिस्तानी सुरक्षा अधिकारीहरूले पनि आफ्नो सेनाले धेरै अफगान पोस्टहरू नष्ट गरेको बताएका छन्।
पाकिस्तानी सुरक्षा अधिकारीहरूले साझा गरेको भिडियो फुटेजमा अफगानिस्तानतर्फ बन्दुक र तोपको गोला प्रहार भइरहेको देखाइएको छ ।

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोवारजमीले पाकिस्तानले अफगान हवाई क्षेत्रको उल्लङ्घन गरेको कारण यो बदलाको कारबाही भएको बताए। उनले स्थानीय समयअनुसार मध्यरातमा आक्रमण समाप्त भएको जानकारी दिए।

खोवारजमीले भने, ‘यदि विपक्षी पक्षले फेरि अफगानिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गरेमा, हाम्रा सशस्त्र बलहरू आफ्नो हवाई क्षेत्रको रक्षा गर्न तयार छन् र कडा जवाफ दिनेछन्।’

भिडन्त समाप्त भयो वा भएन भन्नेबारे पाकिस्तानबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। दुई देशबिचको सीमा २,६०० किलोमिटर लामो छ।
इस्लामावादले अफगान तालिबान प्रशासनलाई पाकिस्तानी तालिबानका लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । साथै उनीहरूले भारतको समर्थनमा पाकिस्तानमा आक्रमण गर्ने गरेको उनीहरू बताउँछन्। नयाँ दिल्लीले भने यो आरोप अस्वीकार गर्छ ।
तर तालिबानले उनीहरूको भूमि अन्य देशविरुद्ध प्रयोग गर्न नदिएको दावी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *