सामाजिक फीड-
जनकपुरधाम, असोज १ गते ।
धनुषाबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजासहित दुईननालाई पक्राउ गरेको छ ।
धनुषा बिदेह नगरपालिका-३ जोगियारा स्थित स्थानीय हनिफ मन्सुरिको भगवति फिक्स ईट्टा भट्टामा २५ वटा पोकामा लुकाएर राखिएको ४७५ किलो गाँजा बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार उक्त गाँजा प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअपमा धरानबाट ल्याएर राखिएको थियो ।
उक्त पिकअप
गणेशमान चारनाथ नगरपालिका वडा नं ४ विरेन्द्रबजारबाट नियन्त्रणमा लिएर चालक सहचालकलाई सोधपुछ गरेपछि सो रहस्य खुलेको थियो ।
चालक धादिङ बेनिघाट रोलाङ गाउँपालिका – घर भएका २४ वर्षीय बिराज गुम्बा र सहचालक बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय रोहित चमारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ढल्केपरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
उनीहरूमाथि थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।