Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ३० गते ।

महोत्तरीको मटिहानी नगरपालिका ५ विसनपुरमा डाकाहरुको आक्रमणबाट पाँचनजना घाइते भएका छन् । स्थानीय मंगल महराको घरमा ३ जनाको समूहमा हातहतियारसहित आएका डाकाहरुको हतियार प्रहार गरी घाइते बनाएर लाखौंको लुटपाट गरेका हुन् ।

महोत्तरी प्रहरीका अनुसार घाइते हुनेहरुमा मंगल महरा श्रीमती शैली देवी, २९ वर्षीया बुहारी रिंकु महरा, छोरा संजित महरा छन् । उनीहरु गम्भीर घाइते छन् भने अन्य अन्य दुईजना परिवारका सदस्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शैली देवीको टाउको र बायाँ हातमा हतियार प्रहार भएको छ, यस्तै छोरा संजितको टाउकोमा हतियार प्रहार भएको छ । उनीहरुको जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

डिएसपी भट्टका अनुसार मध्यराति भएको लुटपाटको क्रममा घरबाट ४० हजार नगद, २ तोला सुन र २० तोला चाँदी गरी करिब ४ लाख बराबरको धनमाल डाँकाले लुटेर लगेका छन् । घटनबारे आज बिहान मात्र प्रहरीले खबर पाएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *