Skip to main content

समाजिक फीड-

जनकपुरधाम, भदौ २९ गते ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले पार्टी छाडेको घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गरेको जानकारी दिएका छन्। उनले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ पार्टीको घोषणा गरेका हुन्।

टीकापुर घटनापछि भूमिगत रहेका चौधरीले जेलमै रहेका बेला भारी मतले निर्वाचन जितेका थिए। पछि उनले नागरिक उन्मुक्ति पार्टीको स्थापना गर्दै संरक्षणको भूमिका निभाएका थिए।

तर पछिल्लो समय राजनीतिक दृष्टिकोणलगायत विभिन्न विषयमा पार्टी अध्यक्षसमेत रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठसँग मतभेद बढ्दै गएको थियो। चौधरी र श्रेष्ठ आ–आफ्नै पक्षमा विभाजित थिए।

चौधरीले आफूले नै स्थापना गरेको पार्टीभित्र अटिन नसकेको कारण पार्टी छोड्नुपरेको स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *