Skip to main content

समाजिक फीड-

जनकपुरधाम, भदौ २६ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा चुनौती बढेको भन्दै जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार विशेष सुरक्षा अवस्था सिर्जना भएकाले शान्ति–सुरक्षाका दृष्टिले निषेधाज्ञा तथा कर्फ्यु आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

बिहीवार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू हुनेछ। बेलुकी ६ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी आचार्यले जनाएका छन ।

आवश्यक अवस्थामा निषेधाज्ञा वा कर्फ्यु अवधिभन्दा बाहेक पनि अति आवश्यक सेवाका सवारीसाधनलाई मात्र आवतजावत गर्ने अनुमति दिइने प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *