Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, भदौ १९ गते ।

दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् । पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो ।

ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए । त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले तत्कलै खाजा खाएका ६० बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका छन् ।

व्यवस्थापन समिति अध्यक्ष महतोका अनुसार कसैलाई त्यस्तो समस्या छैन । तर पनि कुनै घटना नहोस् भनेर बालबालिकालाई अस्पाल ल्याइएको बताए । अस्पतालका अकास्मिक कक्ष प्रमुख डा. सरद यादवले बालबालिकाहरुको अवस्था समान्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *