सीतारामको विवाह अर्थात् विवाह पञ्चमी मेलालाई ध्यानमा राखी रेल दिनको तीन पटक ओहोर–दोहोर गर्ने भएको छ। यहि मंसिर ११, १२ र १३ गते तीन पटक रेल सेवा दिइने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक निरञ्जन झाले जारी गरेको सूचनाद्व्रारा जानकारी गराएको छन् । तीर्थ यात्री तथा यात्रुको चाप बढी हुने भएकाले सेवा विस्तार गरिएको सूचनामा उल्लेख गरिएको छ ।

कुर्थाबाट जनकपुरधाम हुँदै जयनगरको लागि विहान १०ः४५, १ः४० र ५ः१५ मा जयनगरको लागि खुल्ने सूचनामार्फत जनाइएका छन् । यस्तै, जयनगरबाट विहान ८ः३०, १२ः३० र ३ बजे जनकपुरधाम कुर्थाको लागि आउने जानकरी दिएका छन् ।
सप्ताह व्यापी सीताराम विवाहपञ्चमी महोत्सवमा भारतबाट धेरै यात्रु जनकपुरधाम आउने गरेका हुन्छन् । रेल सेवा विस्तार भएपछि उनीहरुलाई सहज हुने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक निरञ्जन झाले बताएका छन् ।