सामाजिक फीड-
सर्लाही, भदौ १७ गते गते ।
सर्लाहीबाट प्रहरीले प्रतिबन्धित लागू औषध ५५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
सोमबार सडक ईश्वरपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लचक नजिकै बसिरहेका ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ३२ वर्षीय संजिव भुजेललाई चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा सहित पक्राउ गरेको हो ।
भुजेलले सेतो रंगको तीन वटा प्लास्टिकको बोरा परालले छोपेर लुकाएको अवस्थामा ५५ किलो २२० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय केशगरंजमा राखेर सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।