Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १४ गते ।

जनकपुरमा हिन्दू समुदाय र प्रहरीबीच भएको झडपमा प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारूपैठामा झण्डा हटाउने विषयमा आइतबार प्रहरी र हिन्दू समुदायबीच झडप भएको थियो ।

यसमा स्थिति नियन्त्रणमा लिन प्रहरीले ३० राउन्ड फायर गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । उनका अनुसार १४ डमी, ११ राउन्ड पेस्तोलबाट र ५ लाइबरल प्रहार गरिएको हो ।

यस्तै ३१ सेल अश्रुग्यास प्रहार भएको उनले बताए । प्रहरीको गोली लागेर स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन् । उनको दुबै घुँडामा गोली लागेको हो ।

यस्तै ढुंगामुढाबाट सातजना प्रहरी घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *