Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, भदौ १२ गते ।

सर्लाहीबाट लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोन छन् ।


सर्लाही प्रहरीका अनुसार बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक र पछाडि सवार दुब‌‌ैजना दुईवटा झोला फालेर पश्चिमतर्फ खेततिर भागेका थिए ।

पछ्याउँदा प्रहरीले सन्तेलाई पक्राउ गर्न सफल भएको छ भने अर्का व्यक्ति फरार भएका छन् ।
प्रहरीले झोला खोल्दा ५ पोका गाँजा फेला परेको छ । जसको तौल करिब २५ किलो रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलसहित बरामद गरिएको लागूऔषधसहित पक्राउ परेका ब्लोनमाथि थप अनुसन्धान भइरहेको छ।
सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ब्लोनलाई नियन्त्रणमा राखिएको र फरार अभियुक्तको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *