Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १३ गते ।

सर्लाहीबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोल बस्ने १८ वर्षीय श्याम महरा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको मलंगवा तर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकल चालक किशन महरालाई प्रहरीले पक्राउ गरी केरकार गरेको थियो ।

किशनले आफूले बोक्ने गरेको हतियार श्याम महरालाई राख्न दिएको र श्यामको बयानको आधारमा बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरबाट नाल कटुवा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

दुवैजनामाथि हातहतियार तथा खरखजना मुद्दामा बिहीबार सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *