Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ११ गते ।

रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवान आफैमाथि शरीरमा आगो लगाएको अवस्थामा पक्राउ परेका छन् । आज बिहान ७ बजे रौटहटकै माधव नारायण नगरपालिका– ६ स्थित नहर छेउबाट उनलाई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार आज बिहान ७ बजे स्थानीयले उनलाई जलेको घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई पक्राउ गरेर उपचारको लागि अस्पताल लगिएको छ । उनले आत्महत्या गर्न आफैले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

गत शनिबार राति १० बजेतिर गौर सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका ९ मुडवालगेट स्थित सडकमा भेटिएको सुटकेश भित्र माधव नारायण नगरपालिका– २ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको शव फेदला परेको थियो ।
भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसी ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् । हत्या आरोपी लक्ष्मणको घर रुवीको माइत टोलमै छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा रुवी लक्ष्मणबीच पहिले प्रेम सम्बन्ध थियो । रुवीको गौरकै एक घरमा हत्या गरेर एक रिक्सामा राखेर शव फाल्न लगाइएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *