Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ९ गते ।

रौतहटको गौरमा सुटेकश भित्र फालेको अवस्थामा मृत फेला परेकी रुवी साहको हत्या गरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ ।

माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको शा शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो ।

प्रहरी स्रोतका अनुसार, उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए । उक्त ई–रिक्सामा शवसहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारी पुगेका थिए । पुल पारी पुगेपछि ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो । सो क्रममा चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरे ।

रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा छन् । महराले प्रहरीलाई बताए अनुसार, सुटकेस बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान इंकार गरे । त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेको जानकारी रिक्सा चालक महराले प्रहरीलाई बयानका क्रममा भनेका छन् ।

सोही अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेका छन् । प्रहरी स्रोतका अनुसार, उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन छन् ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्केकी रुबी मृत अवस्थामा सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।

साँझ करिब ६ बजेतिर आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्छ भनेर समेत सोधेकी रुबी त्यसपछि बेपत्ता भएकी थिइन् । त्यो राति उनी घर फर्किनन् । राति १० बजेतिर नै शंकास्पद अवस्थामा सडकमा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *