सामाजिक फीड-
जनकपुरधाम, भदौ ९ गते ।
रौतहटमा सुटकेशमा राखेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
गौर सिरसिया सडक खण्ड अन्तर्गत गौर नगरपालिका ९ मुडवालामोड नजिक अन्दाजी २७ वर्षीया महिलाको शव सुटकेश भित्र फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए । महिलाको परिचय भने खुलेको छैन ।
उनका अनुसारा राति साढे १० बजेतिर डोरीले बाँधेको शंकास्पद सुटकेशको बारे स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर हेर्दा महिलाको शव हुन सक्ने अनुमान गरिएको थियो ।
आज विहान ७ बजेतिर सुटकेश खोल्दा महिलाको शव रहेको डिएसपी कार्कीले बताए ।
कार्कीका अनुसार महिलाको घाँटीमा सल बेरिएको भेटिएको छ । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।