सामाजिक फीड-
जनकपुरधाम, भदौ ४ गते ।
रौतहटको गौरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । हत्या हुनेमा रौतहटको यमुनामाइ गाउँपालिका २१ वर्षीय सदाबुदिन मियाँको हत्या भएको हो ।
गौर नगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा आज दिउँसो २ ः४० बजे उनीमाथि छुरा प्रहार भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले बताए ।
गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लग्दा उनको मृत्यु भएको डिएसपी कार्कीले बताए ।
घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका ३ का युवक मनोज राम रहेका छन् । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।