Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १ गते ।

सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुबैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *