Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ३० गते ।


सर्लाहीमा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ।

हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ४० वर्षीय रामपुकार यादवको हत्या भएको हो । उनी स्थानीय एक निजी स्कुलमा कार्यरत थिए ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार राति साढे ८ बजेतिर घर अगाडि उनीमाथि अज्ञात समूहबाट गोली प्रहार भएको थियो ।

उनलाई उपचारको लागि महोत्तरीको रामगोपालपुर स्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा ८: ४० बजे उनको बाटो मै मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *