Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, साउन २३ गते ।

सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बलरा नगरपालिका ११ की ५५ वर्षीया चन्दा देवी बैठा रहेको सर्लाही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार वडा कार्यालय नजिक बी.आर.३० के.४६९४ नम्बरको मोटरसाइकलले आज बिहान साढे १० बजे पैदल यात्री बैठालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते उनलाई अचलगढ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लग्ने क्रममा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय जितेन्द्र ठाकुरसमेत घाइते भएर प्रादेशिक अस्पतालमा उपचार पश्चात् थप उपचारको लागि वीरगञ्ज पठाइएको र दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *