सामाजिक फीड-
जनकपुरधाम, साउन १५ गते ।
महोत्तरीको पिपरा स्थित पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा छन् ।
गाउँ नजिकै दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा बुधबार साँझ उनी डुबेका थिए ।
स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोरले खोजतलास गरेपछि उनको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।