सामाजिक फीड-
जनकपुरधाम, साउन १२ गते ।
जनकपुरमा एक महिला मृत फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिक ४ राराब कलेजज नजिक आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।
राति साढे १२ बजेतिर घरमा झुण्डेर मृत्यु भएको खबर पुगेको थियो । प्रहरी जाँदा ओछ्यानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् । पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ ।
प्रहरीले घटनास्थल पुगेर अनुसन्धन गरिरहेको छ । यता माइत पक्षले भने दाइजोकै लागि छोरीको हत्या गरेको दावी गरेको छ । मृतकका बुबा महोत्तरीका बर्दिबास नगरपालिका ४ माइस्थानका रामकिसुन मण्डलले ज्वाँइले दाइजोको लागि शोभालाई झैझग्डा, विवाद कुटपिट गर्ने गरेको र त्यसकै लागि हत्या गरेको दावी गरे । पाँचवर्ष अघि शोभाको विवाह चन्दनसँग भएको थियो । उनका एक छोरी छन् ।