सामाजिक फीड–
जनकपुरधाम, साउन १० गते ।
सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइनसहित पक्राउ गरेको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपाल तर्फ बी.आर. ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दर पासवानलाई प्रहरीले नवराजपुर गाउँपालिका ४ कुसण्डि स्थित प्रहरीले रोक्न खोजेका थिए ।
तर नरोकी भाग्ने क्रममा ७७ नम्बरको पेस्तोलबाट एक रायण्ड गोली फायर गरी नियन्त्रणमा लिइएको हो । पक्राउ पर्ने श्याम सुन्दर भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने वर्ष ३८ वर्षीय छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरोहिरोइन बरामद गरेको छ ।
उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।