Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ९ गते ।

सिरहामा भाई र बुहरीबीचको झग्डा छुट्टाउन गएका दाईको खुकुरी प्रहार गरी हत्या भएको छ ।

सिरहाको गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाकोे उनको आफ्नै भाई २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दई मोतीराम सदालाई भाई श्यामले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेतिर मृत्यु भएको डिएसपी पासवानले बताए ।

खुकुरी प्रहार गरी फरार भएका भाई श्यामलाई सिरहा प्रहरीले औरही गाउँपालिका स्थित सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *