सामाजिक फीड-
जनकपुरधाम, साउन ८ गते ।
धनुषामा मोटरबाट खेतमा सिंचाइ गर्ने क्रममा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका ३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महरा छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार उनलाई बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिंचाइ गर्ने क्रममा मोटरबाट करेन्ट लागेको थियो ।
सिकिस्त अवस्थामा उपचारको लागि स्थानीय क्लिनिक हंसपुरमा लग्दा चिकित्सकले ४ बजे मृत घोषणा गरेका थिए ।