Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ७ गते ।

नेपाल भारत सीमाको धनुषा स्थित महिनाथपुर नाका पारी एसएसवी जवानमाथि आक्रमण भएको छ ।

भारत तर्फ जयनगर अनुमण्डलको बासो पट्टी थाना अन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे एसएसबी जवानको बन्दुक खोस्न खोज्दा गोली चलाएको छ ।

त्यस क्रममा आक्रमण गर्ने एकजनाको कम्मरमा गोली लागेको भारतीय प्रहरीले जनाएको छ । एकजना एसएसबी जवान घाइते भएका छन् । आक्रमण गर्ने एकजनालाई पक्राउ समेत गरेको भारीत प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीका अनुसार नेपाल तर्फबाट कच्चीबाटो भएर प्रवेश गरेको ४।५ जना व्यक्तिलाई एसएसी जवानले रोक्न खोज्दा विवाद भएको थियो । त्यस क्रममा उनीहरुले एसएसवी जवानमाथि नै आक्रमण गरेर बन्दुक खोस्न खोजेका थिए । त्यस क्रममा आत्मरक्षाका लागि एसएसबीले दुई राउण्ड गोली प्रहार गरेका थिए ।

सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बोर्डर पारीतिर एसएसबी विवादको क्रममा चार राउण्ड गोली प्रहार गरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *