सामाजिक फीड-
जनकपुरधाम, साउन ६ गते ।
जनकपुरधाम, साउन ६ गते । सर्लाहीको कबिलासी नगरपालिका कार्यालयबाट चोरी भएको सामानसहित पाँच युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा कबिलासी नगरपालिका ८ का २२ वर्षीय रोहित मिश्र, ४० वर्षीय सुरेन्द्र राय, वर्ष २० का राजु पासवान, बर्ष २२ का ललका पासवान र वर्ष १९ का दिपक पासवान रहेको प्रहरीले जनाएको छ ।
गत साउन ४ गते राति कबिलासी नगरपालिका–८ स्थित शाखाको कोठाबाट कम्प्युटर, मोनिटर, किबोर्ड, कुर्सी, वाइफाइ राउटर, मल्टि प्लग र प्रिन्टर लगायतका उपकरण चोरी भएको थियो ।
अनुसन्धानका क्रममा नगरपालिका नजिकैको नालामा फालिएको अवस्थामा प्रिन्टर फेला परेको थियो । सो क्रममा प्रहरी टोलीले सीसीटीभी फुटेज लगायतका प्राविधिक सूचनाको आधारमा चोरीमा संलग्न भएको आरोपमा चोरीका सामानसहित पाँचैजनालाई पक्राउ गरेको सर्लाहीले जनाएको छ ।