Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, साउन २ गते ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार महिला प्रहरी सेलमा परेको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको हो ।

तर प्रहरीले पक्राउको अन्य कारण भने खुलाएको छैन । उनको पक्राउको कारण आज दिउँसो स्पष्ट पार्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *