Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १ गते ।

सर्लाहीमा ट्रकमा ११ हजार भोल्टको विद्युत् तारमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक धानको भुस लोड गर्ने क्रममा आज बिहान पौने ७ बजेतिर ट्रकमा करेन्ट लागेको हो ।

करेन्ट लागेर ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय सहचालक दिनेश पासवानको मृत्यु भएको हो ।
यस्तै करेन्ट लागेर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान पौने ७ बजे रौतहटबाट लालबन्दीस्थित न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्दा ट्रकले ११ हजार भोल्टको विद्युत् तार छोएको थियो । त्यस क्रममा तीनै जना करेन्ट लागेर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले उनीहरुलाई उद्धार गरी नमुना अस्पताल, हरिवन पु¥याएको थियो। उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको थियो । घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *