सामाजिक फीड-
जनकपुरधाम, असार ३२ गते ।
सर्लाहीमा सडक निर्माणको खनेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ ।
सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान १० बजेदेखि खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए ।
खोजतलासको क्रममा घरबाट अन्दाजी पाँचसय मिटर दक्षिणपूर्वमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटन बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।