Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार २९ गते ।

सामाजिक सञ्जल टिकटकमा अभद्र गालीगलौज गरेको आरोपमा जनकपुरबाट एक युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुर उप–महानगरपालिका वडा नम्बर २४ बस्ने मोतिन शेखको छोरी अं.वर्ष २० की रोशनी खातुन छन् ।

उनलाई आजै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलिले पक्राउ गरेको हो ।
टिकटकमा अभ्रद गाली गलौज अपशब्दहरु प्रयोग गरेकोले समाजिक संजालमा अन्य व्याक्तीमा समेत नकरात्मक असर पर्ने देखिएकोले उनलाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।

उनीमाथि अभ्रद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *