सामाजिक फीड–
जनकपुरधाम, असार २७ गते ।
सिराहामा भारतीय नम्बरको कारको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत जयनगर थाना बेलापूर्वी पंचायत-७ बस्ने ४० वर्षीय प्रमेश्वर यादव छन् ।
शुक्रबार बिहान सिरहा नगरपालिका-१७ स्थित सडकमा बीआर ३२ वाई ३९९१ नम्बरको कारको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारका क्रममा मृत्यु भएको हो।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।