Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार २५ गते ।

जनकपुरमा आफ्नै ससुराको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ छन् ।

उनले गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको छुरा प्रहार गरी हत्या आरोप अभियोग छ ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, घटनापछि फरार रहेका महासेठलाई एक सातापछि मंगलबार जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट पक्राउ गरिएको हो । पक्राउ गर्ने क्रममा अभियुक्तसँग हत्या प्रयोग गरिएको छुरा पनि बरामद गरिएको छ ।

एसपी रेग्मीका अनुसार घरायसी विवादकै कारण महासेठले ससुराको पेटमा चार पटक छुरा प्रहार गरेका थिए । मृतक बासुदेवप्रसाद साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।

पक्राउ परेका महासेठमाथि थप अनुसन्धान भइरहेको र कर्तव्यज्यान मुद्दामा कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *