सामाजिक फीड-
जनकपुरधाम, असार २३ गते ।
जनकपुर जययनगर रेलमा कटेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो १२: ३० बजेको समयमा धनुषाको औरही गाउँपालिका २ देउरी प्रवाहा स्थित रहेको रेलको लिकमा लिकमा ठक्कर लागेर उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।
जनकपुरबाट जयनगर तर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।