Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार २२ गते।

महोत्तरीको औरहीमा ११ हजार भोटको तार चुडिएर खस्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ कञ्चनपुरका ३२ वर्षीय छटु मुखिया रहेका छन् ।

औरही नगरपालिका वडा नं ७ भोयल टिमकिया स्थित कृषि सडकमा कलभर्ट निर्माणको काम गरिरहेका उनको जिउमा माथिबाट ११ हजार भोल्टको तार खसेको थियो ।

उनको घटनास्थल करेन्ट लागेर मृत्यु भएको स्थानीय रोशन यादवले बताए ।

विद्युत प्राधिकरणको लापरवाहीको कारण तार चुडिएर खस्दा करेन्ट लागेको स्थानीयको भनाइ छ । घटनबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *