Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार २० गते ।

धनुषाको नेपाल–भारत सीमाक्षेत्रमा सशस्त्र प्रहरी र तस्करबीच भीडन्त हुँदा ६ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गरोक छन् ।

विदेह नगरपालिका–२, वैदेही दुहबीस्थित दशगजा नजिक बिहीबार साँझ करीब ७ बजे भीडन्त भएको हो । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार तस्करीको सामान ल्याएर आँप बगैँचामा राखिएको सूचनाका आधारमा करिब ३० जना प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी पुगेसँगै करिब एक सयभन्दा बढी तस्करहरुले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए । अवस्था नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गरेको एसपी खड्काले जानकारी दिए ।

भीडन्तमा घाइते भएका ६ जना सशस्त्र प्रहरीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *