सामाजिक फीड-
जनकपुरधा, असार १८ गते ।
जनकपुरमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ । आज बिहान जनकपुरधाम उपमहानगरपालिका १५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेव प्रसाद विमलको हत्या भएको हो ।
बासुदेवलाई उनकै ज्वाइँ जनकपुरधाम २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार जग्गा सम्बन्धि घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै पेटमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।
उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटना पश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक जनकपुरका मेयर मनोज साहका आफ्नै काका हुन् ।