Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार १६ गते।

महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगत रहेका छन्। उनी दुर्घटनाग्रस्त मोटरसाइकलका चालक थिए। मोटरसाइकलको पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए।

डीएसपी भट्टका अनुसार आइतबार साँझ साढे ७ बजेतिर बर्दिबास–जलेश्वर सडकखण्डको टिम्किया भन्ने स्थानमा बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

घाइते अवस्थामा बर्दिबास अस्पताल पु¥याइएका नीतिशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते रुपेश भगतको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका–का ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *