सामाजिक फीड-
जनकपुरधाम, असार ४ गते ।
सप्तरीबाट बसमा चढेर काठमाडौँ जाँदै गरेका वृद्धको बाटोमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुर छन् ।
बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा चढेर काठमाडौं जाँदै गरेका उनको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो । उपचारको क्रममा बुधवार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।