Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ३ गते ।

बर्दिबासको एक होटेलमा प्रहरीले छापा मारेर दुई भारतीयसहित पाँचजनालाई पक्राउ गरेको छ ।

बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित स्नेहा होटलमा सोमबार इलाका प्रहरी कार्यालय बर्दिबासको टोलिले छाप मारेको हो । सो क्रममा अवाञ्छित गतिविधिमा संलग्न पाइएपछि प्रहरीले होटेल संचालकसहित पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालक रामबहादुर तामाङ, भारतको सीतामढी मजफ्फरपुर–१० का २५ वर्षीय राकेश बैठा, मजफ्फरपुर–४ का ३६ वर्षीय जयकरण बैठा छन् । यस्तै महोत्तरी रामगोपालपुर–८ की ३० वर्षीया र सिरहा लहानकी ३० वर्षीया महिला रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए ।

सो होटलहरूमा विगतदेखि लागुऔषध कारोबार, चोरी योजना तथा यौनजन्य अपराधका गतिविधिहरू भइरहेकाले प्रहरीले निगरानी बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *