सामाजिक फीड-
जनकपुरधाम, जेठ ३१ गते ।
रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक वृन्दावन नगरपालिका- ७ का इक्रुल मंसुरीको छोरा वर्ष २४ का नजामोदिन मंसुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार दिउँसो २:२० बजेतिर रौतहट वृन्दावन नगरपालिका- ७ हुसेनीचोक र आकरपाथर बिच भित्रि सडक खण्डमा ना ४ त २०६८ नं.को गिट्टी लोड भएको ट्याक्टर खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठेर स्टेरिङमा चालक च्यापिएका थिए ।
च्यापिएर उनी गम्भीर घाइते भएका थिए । उपचारको लागि चपुर अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।