सामाजिक फीड-
जनकपुरधाम, जेठ ५ गते।
सर्लाहीको लालबन्दीमा यात्रुबाहक बसले म्याजिकलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
मृतक लालबन्दी नगरपालिका–१७ रानिगञ्जकी २२ वर्षीया सोना पन्त हुन् ।
घाइते अवस्थामा मोडल अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई साँझ ४:५० बजे मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पूर्व–पश्चिम राजमार्गको रानिगञ्ज खण्डमा ना ६ ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २६४५ नम्बरको म्याजिकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
म्याजिकमा सवार ९ जनामध्ये एकको मृत्यु भएको र बाँकी आठ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस चालक भने घटनापछि फरार छन्। दुवै सवारी साधन घटनास्थलमै रहेका छन् भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।