सामाजिक फीड-
जाकपुरधाम, जेठ २ गते ।
महोत्तरीको जलेश्वरमा भारतीय टुरिस्ट बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा जलेश्वर नगरपालिका– सारी निवासी ५० वर्षीया संजु ठाकुर छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई आज दिउँसो जलेश्वर नगरपालिका – २ सिनेमा हल चोकमा एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिँएको थियो ।
गम्भीर घाइते ठाकुरलाई प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर स्थित न्यूरो अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।