सामाजिक फीड-
जनकपुरधाम, बैशाख ३१ गते ।
रौतहटका पत्रकार फणि महतको निधन भएको छ । करिब दुईवर्षदेखि ब्रेनट्युमर रोगबाट ग्रसित पत्रकार महतको उपचारको क्रममा काठमाडौंको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति साढे १० बजे निधन भएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४० वर्षीय बासिन्दा पत्रकार महत दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । चन्द्रपुरको रेडियो सुप्रिमको सञ्चालक समेत रहेका पत्रकार महत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।
उनको निधनप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशले शोक व्यक्त गरेको छ । महासंघका मधेश प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्तिले शोक विज्ञप्ति जारी गर्दै अल्पायुमै भएको पत्रकार महतको निधनले मोफसलको पत्रकारिता क्षेत्रमा अपुर्णीय क्षति पुगेको बताएका छन् ।