सामाजिक फीड-
जनकपुरधाम, बैशाख ३० गते ।
महोत्तरीबाट सशस्त्र प्रहरीले अवैध लागूऔषध ५९ किलो गाँजा बरामद गरेको छ ।
महोत्तरीका मनरासिस्वा नगरपालिका–९ बथनाहाबाट नेपालबाट भारततर्फ तस्करी गर्न लागेको अवस्थामा ७ वटा पोकामा गाँजा बरामद गेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्टका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) बथनाहाका सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्काको कमान्डमा खटेको नियमित पैदल गस्ती टोलीलाई देखेर गाँजाका पोका छोडेर भरिया फरार भएका थिए ।