जनकपुरधाम, संयुक्त अरब इमिरेट्स (यूएई) ले अब नयाँ कानून निर्माण तथा विद्यमान कानूनहरूको समीक्षा र संशोधनमा (AI) को प्रयोग गर्ने निर्णय गरेको छ। यस कदमलाई यूएई सरकारले “AI-सञ्चालित नियमन प्रणाली” को रूपमा घोषणा गरेको छ, जसले विधायन प्रक्रियालाई ७० प्रतिशत छिटो बनाउने दाबी गरिएको छ।
यूएईले यसका लागि ‘रेगुलेटरी इन्टेलिजेन्स अफिस’ स्थापना गर्दैछ, जुन एआईमार्फत सरकारी डेटा विश्लेषण गरी कानुन निर्माणमा सहायता गर्नेछ। यो प्रणालीले अदालतका फैसलादेखि अर्थतन्त्रमा पर्ने प्रभावसम्म विश्लेषण गरी आवश्यक कानुनी परिमार्जनको सुझाव दिनेछ।
प्रविधिमा अर्बौँ डलर लगानी गरिसकेको यूएईको यो योजना विश्वकै कानुनी प्रणालीमा डिजिटल क्रान्तिको पहिलो उदाहरण मानिएको छ।